Nepali muktak uttam chand

कहानी उनीले सुनाए पछि थाहा पाए
आँखाको आँसु नै सुकाए पछि थाहा पाए।

गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त
आधा कुरा मात्र बताए पछि थाहा पाए।

झुटो होला उनको कहानी भनी के था मलाई
अर्को दिन झिल्के भगाए पछि थाहा पाए।

मन त मेरो उनी तिर गै सक्या थियो झनै
समयले घण्टी बजाए पछि थाहा पाए।

फेरि पछि एक दिन देखिए उनी श्रीमान् संगै
लजाइ उनले शीर निहुराए पछि थाहा पाए।

2सुनेको मैले प्रेमको कुनै आँखा हुदैन
प्रीतिको कुनै धुन अनि भाका हुदैन।

प्रेमी प्रेमिकाको बीच जस्तो माया हुन्छ
बाबा-आमाको माया कैल्यै पाखा हुदैन।

भर पर्छु म त हजूर भगवानको त्यो लीलामा
पापी र अधर्मीको सन्तान साखा हुदैन।

बाहिरी आँखाले त मान्छे चिन्न गार्हो
हो कि जस्तो देखिने सबै डाका हुदैन।

बानी,व्यवहारले नै हो मान्छेको रुप चिन्ने
दिमागले नै हो हेर्नुस्, उमेर पाका हुँदैन ।