देउडा गीत उत्तम चन्द लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
देउडा गीत उत्तम चन्द लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

गजल

पारिलो घामबनेर तिमी आऊनु पर्छ ।
कालो अधेँरीरातमा दिप छाऊनु पर्छ ।

पिल्सिएका करोडौं मानिस छन याहाँ
मुक्ति दिलाई हर्षको गीत गाऊनु पर्छ ।

योदेशमा सोशक सामन्ती अझ्झै छन
राँकोबालि जुलूस नारा लाऊनु पर्छ ।

हुनेकोमात्र मनपरी तन्त्र हैन अब याहाँ
धनी गरीबले एउटै अधिकार पाऊनु पर्छ ।

जन्ताको बिरूद्द संझौता गर्नेहरूलाई अब
भण्डाफोर गरि सडक गल्ली ल्याउनु पर्छ ।

गजल

धेरै धॊका पाएँ,मायाकै भर पर्दाखेरि
भएँ आफु रित्तै,उन्कै झॊलि भर्दाखेरि

हिजै रॊएँ कत्ति,आज पनि रूँदैछु म
भक्कानिन्छ मन,सधैँ अश्रु झर्दाखेरि

बिश्वासमा घात,टुक्रिए मायालु साथ
ठानि सर्बस्व,एकल माया गर्दाखेरि

चुरोटको धुँवा जस्तै पातलिदै उड्दै गएँ
रक्सीको बोतल जस्तै रित्तिदै फुट्दै गएँ

तिम्रो ओठ्मा हाँसो हुँदा संसारनै हाँसे जस्तो
तिमीलाई हसाउन आफ्ना खुशी चुँड्दै गएँ

हामी भेट्ने दोबाटोमा अचेल पनि कुरी बस्छु
फर्की आउने आशमा तिमी आँफैसँग छुट्दै गएँ

साथ्मा तिमी हुँदा लाग्थ्यो बल्ल पुरा भएँ आज
छोडि गयो तिमी मलाई फेरी अब टुट्दै गएँ

देउडा गीत मन पराउने हरु

डोटी राम्रा डँडेल्धुरा अछाम राम्रा साँपे।
मलाई पनि उडाई लैजा हिउँचुलीका डाँफे॥
दुल्लुदेई दैलेख सम्म जाँथी हान्यो खम्म।
खाँक फाल तिर्सना झाल घाम लागन्ती सम्म॥
म पारी गैजाने थिएँ नित्र गंगा नित्र।
मै जसो दु:खारी क्वै नाई चौध अञ्चल भित्र॥
भैसाथी जाँदैन भन्दो बामनको बर्म।
दु:ख पाउनु प्रदेशै धाउनु के बिग्री होई कर्म॥
जैगाड बस्याको भोट्या पानी काँ खाँदो हो।
हाड मांस माटीका भर हंस काँ जाँदो हो॥
कि पानी पिदै नपिनु कि कर्णाली सुका।
कि त दैव जन्म नदे कि सोचेको पुगा॥
धोति मैलै टोपी मैलै धोई दिने कोई छैन|
परदेशमा मरन्याको रोइदिने कोइ छैन ॥
सर्क लाग्यो लिसे बादल कर्णाली तुरुक्क|
सम्झिगे बसेकी ठौर रोई गए धुरुक्क ॥
नुन पिसु, खुर्सानी पिसु, जिरो लै पिसुकी|
सौरिले जिउ जान लाइग्यो, आइझा बिसुकी॥
रोप रोप रोप्न्यारी हो, आसार गोडौली|
एकचोटी लायाको प्रिती, फेरी काँ छोडौली॥
डोटीकी देइजात राम्री, बन्नाकी चैतली|
भनिदेउ मनका कुणा, मिलाइदेउ पैतली॥
भाईटीका फूलको माला, दशैकी जमरा|
देउडा खेल्न आया साथी, भदौकि गमरा॥
घात गरी अलपत्र पारी हाँसी रमाई रमाई।
मन हुन्याकि जिउदै मारी धनीको हात समाई॥
माथि राम्रो बासुधारा तलको मजखोरी ।
डिठ पणे हाँसने बानी जनलाया चोरी ।।