1यमलोक जाने गाडि रोकेर आउदैछु ,
जीवनको राजिनामा ठोकेर आउदैछु।
छिट्टो मुक्ती गरिदेउ यमराज भन्दै,
मृतुको प्रमाणपत्र बोकेर आउदैछु।
2बसन्त नै आए पनि फुल्ने छैन अब
भवराँ झै फुल खोज्दै डुल्ने छैन अब
पिडा दुख कति छन् यो छाति भित्र हेर,
हाँसी हाँसी पराई भाको भुल्ने छैन अब।
3तिम्रो दाउमा म सधै हार्न तयार छु,
खुशि तिम्रो पोल्टामा पार्न तयार छु।
तिम्रो खुशियालीमा रमाउने आदत भएसी,
आफ्ना ईच्छा चाहना मार्न तयार छु।
4 मन जल्ने कुनै यादहरु नआएकै जाति
दुख्छ मुटू एकै नासले पोलिरहन्छ छाति
एक्लै जन्मे यो सन्सारमा एक्लै मर्नु छ
दुइ पाइलामा यात्रा गर्न किन चायो साथि
5 आतितहरु बटूलि आफै भित्र साचिरहेछु
पिडाहरु लुकाइ आफै भित्र बाचिरहेछु
चोटहरु अनगीन्ति छन दुखाइ पनि
आसु लुकाइ आफै भित्र हासिरहेछु
6 देउतालाइ पुज़्न याहा फुल तोडनु पर्यो
एउटालाइ पाउन याहा अर्को छोडनु पर्यो
केही पाउन याह केही गुमाउन पर्ने
उस्कै लागी पाइला अन्तै मोडनु पर्यो
