1खेजेको मान्छे नपाएपछी ।।
मुटुबाट उस्ले हटाएपछी ।।
अन्तै बसाई सरेर गइन
मेरो घर पुरै जलाएपछी ।।
2गुलाब हैनमैले काँडा पाकोछु ।।
प्रेमको बदला धोका खाकोछु ।।
उसैले मलाई सिध्याएर गयो
जसलाई दिलमा सजाकोछु ।।
3नजरको हमला अति भो
लिनुपर्छ बदला अति भो
आइरहन्छ र सताइरहन्छ
यो आतंकित कला अति भो
4ढल्यो दिन बिते रात ।
गयो लगन छुटे हात ।।
मैले हार गुहार गरेकै हो,
बिग्रयो सम्बन्ध खोजे जात।।।
5अंगालोमा बाँधिएर बस्न पाए हुन्थ्यो ,
कहिलेकाही तिम्रो काखमा खस्न पाए हुन्थ्यो ।
तडपिएर कति बस्नु संम्झि तिमीलाई ,
सधै भरी तिम्रो दिलमा पस्न पाए हुन्थ्यो ।
6कसैको दिलमा पस्तैछु म त ।
मुटुको कुनामा बस्तैछु म त ।।
जानेर हो कि अन्जानमा सायद,
मायाको दलदलमा फस्तैछु म त ।
7पहिले राम्ररी चिनाजानी हुनुपर्छ।
अनि पो खुलेर कुराकानी हुनुपर्छ ।।
प्रेमको सागरमा बेस्सरी डुब्दै गएसी,
सबैले सम्झने प्रेम कहानी हुनुपर्छ
