नेपाली गजल उत्तम चन्द

1भेट्दा खुशिले आँसु झरेको पल,
रहदा सङ्ग सङ्गै माया छरेको पल,
बिर्सन खोज्दा नि भुल्नै सकिन मैले
तिमीलाई आफ्नो ठानि माया गरेको पल l
2झुप्रो हो तर दरबार सरी छ॥
एक्लो जिन्दगी घरबार सरी छ॥
भन्नेले यहाँ जे सुकै भने पनी॥
सानो कलम तरवार सरी छ॥
3मदिरा पिनेहरु धेरै भेटेँ॥
सम्जना लिनेहरु धेरै भेटेँ॥
हो मज्बुरीको फाईदा उठाई॥
आस्वासन् दिनेहरु धेरै भेँटे॥
4भो पुरानो घाउ अब त्यो साथको कुरा नगर,
टेलिफोन मा दिनहुँ हुने बातको कुरा नगर,
बर्षौ भयेछ दुई किनारा भै छुट्टिएको अब त
अतितका दिन सम्झाउने त्यो रातको कुरा नगर।
5जाँदै थिएँ बाइकमा माइक्रोबसबाटै हाई भनि,
जाउन घुम्न बाइकमा भन्दा हतारमा छु नाई भनि,
गर्न थालि मोबाईलमा गफ दिनहुँ माया प्रेमको,
प्रेम प्रस्ताब राख्न नपाई तपाई त मेरो दाइ भनि।
6बहकिन्छ यो मन के गरुँ म ।।
मन पर्छ झनझन के गरुँ म ।।
हुन्न, हुँदै हुन्न, उस्ले भनिरहँदा
ब मन पर्छ झनझन के गरुँ म ।।
हुन्न, हुँदै हुन्न, उस्ले भनिरहँदा 
ढिरहेको पागल पन के गरुँ म ।।
7यता उस्को इन्तजार हुँदै थियो ।।
सुटुक्क उता घरबार हुँदै थियो ।।
पैसानै अति शक्तिसाली भएपछी
विक्रीमा कसैकसैको प्यार हुँदैथियो