Gaza uttam chand

तिम्रो मेरो प्रेमको कथा लेख्न सकिन
मुटु भित्रै रैछौ तिम्लाई देख्न सकिन ।।

हुरी सँगै तिम्रो तस्विर उडी जाँदा पनि
पहाड बनि मैले हुरी छेक्न सकिन ।।

पुष माघको तुषारोमा मन सेलाउदा
मनमा माँया तताएर सेक्न सकिन ।।

अतित दुख्ने सम्झनाका कथा भरिएका
तिम्रा सवै प्रेम पत्र नि फेक्न सकिन ।।

मुटु भरि पिडा छर्दै घाउ बल्झी दियो
लर्खराउदा पाउ हरु टेक्न सकिन ।। @UC@