Advertisement

Responsive Advertisement

गृजल copy

धेरै दिन छैन जिउनु, काममा भेटौला अब
अन्तिमपल स्वर्गको त्यो, लाममा भेटौला अब ।

बिर्सिजान्छु सारा संसार, भुलिदिउँला अतित
फोनबाट टाढा भैइयो, खाममा भेटौला अब । ।

सजाएकोथे दिलभित्र, इच्छा थियो भेट गर्न
साह्रैव्यस्त रहिछौ तिमी, जाममा भेटौला अब । । ।

छरिसके प्रेमको बिउ, तिमी हिँड्ने बाटोभरि
सदैव गुलाफ फुलेको, ठाममा भेटौला अब । । । ।

माया पाउने आस लाग्थ्यो, मुटुभरी पिडा बढ्यो
दिल रुवाउने प्रेमिको, नाममा भेटौला अब । । । ।

एक टिप्पणी भेजें

0 टिप्पणियाँ