1.
पहीचान बेच्नेहरु छन् यहाँ
ईमान बेच्नेहरु छन् यहाँ
अरू त के कुरा गर्नु हजुर
ज्यान बेच्नेहरु छन् यहाँ
2.
मेरा यी नयनले घात लाग्ला तिमीलाई
नखाएकै मदीराले मात लाग्ला तिमीलाई
बाटो बाटो तिमी मेरै भन्दै हिड्छ्यौ अरे
होसे गर है यौ कुराले बात लाग्ला तिमीलाई
3.
साहित्यमा कुनै दल हुनुहुन्न
यस्तै लेख्नुपर्ने पहल हुनुहुन्न
सिदा होस् या छड्के गर्नुपरछ प्रहार
तर त्यसमा कुनै छल हुनुहुन्न
4.
यो सरकार ढलाईदिन्छु अब
बिदेसी शक्त गलाईदिन्छु अब
झै पनि सहमती गर्दैनन् भने
सबै नेतालाई जलाईदिन्छु अब
5.
एक धर्को सीन्दुरको भाउ तिमीलाई के थाहा
नाम त थाह छैन मेरो, गाउ तिमीलाई के थाहा
म आफ्नै त भर छैन कैले कहाँ जान्छु
सधै भरी बस्ने मेरो ठाउ तिमीलाई के थाहा
6.
सुरूवात गर्दैछु बिस्तारै बिस्तारै
नजिकै सर्दैछु बिस्तारै बिस्तारै
जोगी बनेर हिड्नलाई अब
खरानी दल्दैछु बिस्तारै बिस्तारै
7.
तिमले आऊ भन्दैमा म कहाँ मान्छु र?
तिमले जाऊ भन्दैमा म कहाँ मान्छु र?
तिमीलाई त रमाईलो होला मलाई पिलाउदा
तिमले खाऊ भन्दैमा म कहाँ मान्छु र?
8.
यस्तो पारालो खै के इन्जिनियर बन्नु
झारा टाराले खै के इन्जिनियर बन्नु
मै इन्जिनियर तै इन्जिनियर जताततै
गाउका साराले खै के इन्जिनियर बन्नु
9.
म त बेहोसीमै बाचेको छु
तिम्रै लागी यो दिल साचेको छु
पागल भएर होला प्यारमा तिम्रो
कैले त बाटोमै नाचेको छु
10.
गरिबलाई झुपडीकै बास नेपालमा
कसको गर्ने गरिबले आश नेपालमा
राजतन्त्र मेटिएर गणतन्त्र आयो तर
गरिबलाई कहिल्यै हुन्न खास नेपालमा
11 हेर्दा नरोए पनि हासो छैन मलाई
जे हुनु भैगो अब चासो छैन मलाई
फरक यत्ति हो नहासुला जिन्दगीमा
तै पनि यत्तिमा गुनासो छैन मलाई
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website