धेरै धॊका पाएँ,मायाकै भर पर्दाखेरि
भएँ आफु रित्तै,उन्कै झॊलि भर्दाखेरि
हिजै रॊएँ कत्ति,आज पनि रूँदैछु म
भक्कानिन्छ मन,सधैँ अश्रु झर्दाखेरि
बिश्वासमा घात,टुक्रिए मायालु साथ
ठानि सर्बस्व,एकल माया गर्दाखेरि
चुरोटको धुँवा जस्तै पातलिदै उड्दै गएँ
रक्सीको बोतल जस्तै रित्तिदै फुट्दै गएँ
तिम्रो ओठ्मा हाँसो हुँदा संसारनै हाँसे जस्तो
तिमीलाई हसाउन आफ्ना खुशी चुँड्दै गएँ
हामी भेट्ने दोबाटोमा अचेल पनि कुरी बस्छु
फर्की आउने आशमा तिमी आँफैसँग छुट्दै गएँ
साथ्मा तिमी हुँदा लाग्थ्यो बल्ल पुरा भएँ आज
छोडि गयो तिमी मलाई फेरी अब टुट्दै गएँ