गजल उत्तम चन्द

मर्नेबेला काखमा लिने तिमी हौ
मलाई सुनपानी दिने तिमी हौ..!!

म मर्दा दुनियाँ रमाउँछन् एक दिन्
तर जुनी भर रोही हिन्ने तिमी हौ..!!

चितामा छोडेर हिड्छन् मलामी
आँशु चुहाउँदै पर्खिने तिमी हौ..!!

भुल्नेछन् साराले दुईदिन् पछि नै
आजिवन सम्म सम्झीने तिमी हौ..!!

म हुन्न तर तश्वीर च्यापेर
सपनी देख्न ढल्कीने तिमी हौ..!!

     उत्तम चन्द ठकुरी