ऊ आफ्नो अतित बेस्सरी सम्झिरहन्छ
कसैलाई घरी - घरी सम्झिरहन्छ
अब यो दुनियामा आफ्नो कोही छैन भन्दै
आशुले आखाँ भरी भरी सम्झिरहन्छ
आफ्नै प्रियसीको सेवक बनेर
गरेको चाकरी सम्झिरहन्छ
सायद उनि बिना बाच्दैन होला
नाम लिदै थरी थरी सम्झिरहन्छ
एकछाक पेट पाल्न बिरानो शहरमा
काम गर्दै मरी मरी सम्झिरहन्छ