शनिवार, 13 जुलाई 2013

ddeuda geet uttam chand


गैरी गाउकी कान्छिले नि रोपाइँ गर्न जानी
हली बनि काममा थिए हिलो माटो हानी |

साथीसंग जिस्कि जिस्कि हेर्छे पल्याक पुलुक
अरुलाई वास्तै छैन हान्छे मलाई छानी |

गिज्याउछे हासी हासी कहिले गीती भाका
वर पर मस्कि हिड्छे चन्चले छ बानी |

बोलाउछे चुरोट दिदै कहिले सितल बस्न
भन्छे मलाई राख्छु भित्र मनको राजा मानी |

राम्रो छ है रुप बैस बारुले छ कम्बर
देखे पछि आखा लोभी मन हुने पानी |

www.uttamchand.blog.com

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website