सोमवार, 20 जून 2016

१० बर्ष जनयुद्ध गरेर के पायो ।

निश्चित रुपमा मुटु कम्जोर हुनेहरुले यो पोस्ट हेर्दै नहेर्नु
होला मित्र अग्रिम सुझाब सहित बिगतका ईतिहास
फेरिपनी पल्टाउने जमर्को गरीयको छ !
स्मरण रहोस् छिटफुट छुटेका घटनाक्रम हरुलाई जोड्ने कोषिस
गरि दिनुहोला धन्यवाद !
वि.स. २०५२ देखि २०६३ साल सम्म माओवादी जनयुद्का
ऐतिहासिक साछी ईतिहासका पान्नामा कैद छ्न् नितान्त
दु:खको कुरोको चुरो भने तल लेखिएका दुई लाइन भाबुक
शब्दकोष बिपरित हुन सक्दैन ।
छोराछोरी आउने दिन गन्दैछन्,मेरो बाबा खै आमा भन्दैछ्न्
सलाम तिमीलाई सहिद तिम्रो सपना बाँकी छ पुरा
गर्नलाई !!!
२०५२ फाल्गुन १ गते - रोल्पा , रुकुम र सिन्धुली जिल्लाको
एक एक वटा प्रहरी चौकी आक्रमण ।
२०५३ पुस १९ गते - रामेछापको बेथान प्रहरी चौकी मा
आक्रमण , दुई प्रहरी र तीन माओवादी को मृत्यु ।
२०५५ पुस १८ गते - ललितपुरको भट्टे डाडा प्रहरी चौकिमा
आक्रमण ।
२०५५ फल्गुन २० गते - दाङ को चिराघाट ईलाका प्रहरी
कार्यलयमा आक्रमण , ७ प्रहरिको मृत्यु ।
२०५५ फाल्गुन २१ गते - रुकुम को एमाले साम्सद उमेदवार यदु
गौतामको हत्या ।
२०५६ जेठ ३१ गते - माओवादी द्वार रुकुमको लह १ प्रहरी
चौकिमा आक्रमण ।
२०५६ पुस १९ गते - जुम्लाको रारालिमा आक्रमण , ९
प्रहरिको मृत्यु ।
२०५७ जेठ २५ गते - जाजरकोटको पाँच कटरिया प्रहरी
चौकी मा आक्रमण ।
२०५७ असोज ९ गते - डोल्पा दुनै मा आक्रम्ण , १४ प्रहरी को
मृत्यु , ४० घाईते ।
२०५७ मङ्सिर १४ गते - कालिकोटको कोटबाडा प्रहरी
चौकीमा आक्रमण , ११ प्रहरिको मृत्यु , ८ घाईते ।
२०५७ माघ २१ गते - प्रध्यानान्यायाधिस केशब प्रसाद
उपध्यायको भ्रमण दल सुर्खेत जान लाग्द असफल आक्रमण ।
२०५७ माघ २१ गते - सुर्खेत को बिरेन्द्र नगर बाट
प्रध्यान्यायाधिस को भ्रमण दल लाई जिल्ला सिमाना
बबई नदि पुल सम्म स्वागत गर्न गएका पुनरबेदन अदालत
सुर्खेतका रजिस्टार बलदेब धिताल सहित ५ सुरक्षा कर्मी
को मृत्यु ।
२०५७ चैत २० गते - रुकुम को रुकुमकोट ठाटी डाडामा
आक्रमण , ३० प्रहरिको घटना स्थलमानै मृत्यु ।
२०५७ चैत्र २१ गते - दोलखा मैन पोखरी चौकी मा आक्रमण ,
५ प्रहरी सहित ३ माओवादी को मृत्यु ।
२०५७ चैत २४ गते - नौ मुले ईलाका प्रहरी कार्यलय दैलेख
तोलि गा.बि.स. ५ मा आक्रमण ' ३२ प्रहरी र १ नागरिक
को मृत्यु ।
२०५८ असार २३ गते - लमजुङ , नुवाकोट र गुल्मी प्रहरी
चौकी हरु माथी एकसाथ आक्रमण । ४१ प्रहरिको मृत्यु ।
२०५८ असार २६ दाङ को भरतपुर क्याम्पस उप प्रा नारायण
सल्यानिको अपहरण गरि हत्या ।
२०५८ असार २८ गते - माओवादी द्वार ७१ जना प्रहरिको
अपहरण ।
२०५८ साउन ७ गते - बाजुराको पाण्डुसेन प्रहरी चौकिमा
आक्रमण ।
२०५८ मङ्सिर ८ गते - पहिलो पटक सैनिक ब्यारेक मा
आक्रमण , दाङको सदरमुकाम घोराही मा आक्रमण , १४
सैनिक सहित ३७ सुरक्षाकर्मिको मृत्यु ।
२०५८ मङ्सिर १० गते - सोलुखुम्बु जिल्लाको सदरमुकाम
सल्लेरिमा आक्रमण ,प्रजिअ बुद्धिसागर त्रिपाठि लगाएत
२७ प्रहरी सहित ३ सेनाको मृत्यु ।
२०५८ फाल्गुन ४ गते - अछामको सदरमुकाम मंगलसेन र
साफेबगर स्थित बिमनास्थल मा एकैसाथ आक्रमण , प्रमुख
जिल्ला अधिकारी मोहन सिंह खत्री सहित ५७ जना सेना
तथा ७९ प्रहरी सहित १५० जनाको मृत्यु ।
२०५८ चैत ३० गते - पुर्व पश्चिम को राजमार्ग को दाङ
खण्डमा तीन ठाउमा एकै साथ आक्रमण , सशस्त्र जनपद का
अधिकृत सहित ४६ प्रहरिको मृत्यु ।
२०५९ बैशाख २४ गते - रोल्पा गामस्थित सुरक्षा फौजको
अस्थायी शिविरमा आक्रमण ।
२०५९ जेठ १० गते - रुकुमको खारा मा नेपाली सेनाको
ब्यारेक माथी असफल आक्रमण ।
२०५९ भदौ २३ गते सिन्धुलिको भिमानमा आक्रमण , प्रहरी
निरीक्षक सहित ४९ को मृत्यु ।
२०५९ भदौ २४ गते - अर्घाखाची को सदरमुकाम
सन्धिखर्कमा आक्रमण , ६५ सुरक्षा कर्मी सहित १
सर्बसाधरण को मृत्यु ।
२०५९ कात्तिक १० गते - ओखलढुङगा को रुम्जाटार
विमनास्थल मा आक्रमण , आक्रमणमा नेपाली सेनाका
क्याप्टेन दिनेश थापा सहित ३ जना सैनिक को मृत्यु ।
२०५९ कात्तिक २९ गते - जुम्लाको सदरमुकाम खलङगा र
गोरखाको ताकुकोटमा आक्रमण , प्रमुख जिल्ल अधिकारी
सहित ६१ सुरक्षा कर्मी र २ सर्बसाधरण को मृत्यु ।
२०५९ कात्तिक २४ गते - काठमाडौं विराटनगर जान
लागेको अग्नि दिवा बसलाई सर्लाहिको रानिगन्जमा
दिउँसो ३ बजे यात्रु उतारी आगजनी , सर्लाहिमै विरगन्ज
जान लागेको भाडाको जिप एम्बुसमा परि दुई जनाको
मृत्यु ।
२०५९ माघ १२ गते - ललितपुर मा सशत्र प्रहरी महानिरीक्षक
कृष्णमोहन श्रेष्ठ , उहाकी पत्नी नुडुप श्रेष्ठ र अंगरक्षक स.हि.
सुर्य बहादुर रेग्मी को गोलि प्रहार गरि हत्या , घटनास्थल
बाट अस्पताल पुर्याइएका तिघ्रामा गोलि लागि घाईते
कृष्ण हरि सैजु पक्राउ ।
२०६० भदौ २१ - दोलखाको मैनपोखरी मा यात्रुबाहक
बसमा आक्रमण, चरिकोट बाट काठमाडौ तर्फ आउन
लागेको यात्रु बस चरिकोटमै विद्युतीय धराप्मा पर्दा २
जना यात्रुको मृत्यु , त्यस्तै काठमाडौ बाट सिन्धुली गएको
सिद्धबाबा बस सेवाको ना२३ख ५८३७ नम्बरको यात्रु बाहक
बस सिन्धुलिको सदरमुकाम कमलामाई पुग्न १२ किमि अगाबै
करकरेमा बिहान ७:३० मा एम्बुस म परि ५ यात्रु को
घटनास्थलमानै मृत्यु , १४ घाईते ।
२०६० चैत्र ७ गते - म्याग्दिको सदरमुकाम बेनिमा आक्रमण ,
सैनिक सहित ५१ जनाको मृत्यु ।
२०६१ जेठ ६ गते - डोटिको घण्टेश्वोरमा नेपाली सेना
माथी आक्रमण , डेढ दर्जन जति नेपाली सेनाको मृत्यु ।
२०६१ मंसिर १ गते - माओवादी द्वार धादिङ को
कृष्णभिरमा एम्बुस थापी आक्रमण ।
२०६१ पुस ३ गते - काठमाडौ को साखु ईलाका प्रहरी
कार्यलयमा आक्रमण ।
२०६२ बैशाख २३ गते - माओवादी द्वार वाचन शीरोमणी
पण्डित नारायण पोखरेलको गोलि हानी हत्या ।
२०६२ साउन २३ गते - कालिकोट को पिलिमा आक्रमण , ५०
भन्दा बढी सैनिक को मृत्यु ।
२०६२ जेठ २३ गते - चितवनको बादरमुडेमा यात्रु बाहक बसमा
आक्रमण , ३९ सर्बसाधरण को मृत्यु ।
२०६२ जेठ २९ गते - कैलालिको अत्तेरियामा सशस्त्र
प्रहरिको ७ परिवारको हत्या ।
२०६२ माघ २ गते - थानकोट प्रहरी चौकिमा आक्रमण ,
प्रहरी निरीक्षक सहित ११ जना प्रहरिको मृत्यु ।
२०६२ चैत्र ७ गते - काभ्रेको दाप्चा मा आक्रमण , १३ सैनिक
को मृत्यु ।
२०६२ चैत्र २३ गते - सर्लाहिको मलङ्गवा मा आक्रमण ,
सैनिक हेलिकप्टर ध्वोस्त , १० सैनिक सहित २३ को मृत्यु ।
२०६३ बैशाख १० गते - सिन्धुपाल्चोक को सदरमुकाम
चौतारामा अन्तिम आक्रमण, ५ माओवादी सहित १ सुरक्षा
कर्मिको मृत्यु ।
(नोट:भैर्या बाल बाट )

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website