नेपाली गजल (उत्तम चन्द-uc)

दिएर गयो कस्तो प्रित अनौठो । गजल । उत्तम चन्द uc

रुदिन भन्थे हास्न पनि सकिन
साइनो नयाँ गास्न पनि सकिन

पालुवा उन्को लाग्यो अरे मायामा
बनेर स्वार्थी लाछ्न पनि सकिन

दिएर गयो कस्तो प्रित अनौठो
मृत्युको बिज मास्न पनि सकिन

तस्बिर उन्को छाती भरि राखेछु
बद्लेर अर्को टास्न पनि सकिन

निस्वार्थ थियो,माया मेरो उनलाई
नागिन बनी डस्न पनि सकिन !!