धन हुनेको बजारसँग मन साटेपछी माया गरे जस्तो गरी सधै ढाटेपछी तिम्रो बिश्वास म सँग कतिसम्म रहला मेरो मनले तिम्रा घात कतिसम्म सहला तिम्रो झुठो बिश्वास सँग हार्छु म सधै तिम्रो लागी आफैलाई मार्छु म सधै तिम्रै हुँ म भन्दै तिमीले नेटो काटेपछी माया गरे जस्तो गरी सधै ढाटेपछी बाध्यतामा टाढा हुदा रुने गर्थ्यौ हामी सम्झनामा एक अर्काको हुने गर्थ्यौ हामी हाम्रो यस्तो सम्बन्ध बिचमै फाटेपछी माया गरे जस्तो गरी सधै ढाटेपछी तिम्रो बिश्वाश म सँग कतिसम्म रहला मेरो मनले तिम्रा घात कतिसम्म सहला

me