गरीब को जुनी

दिल त्यहि हो दिलको खिल त्यहि हो, फरक यौटा दुरीको
चोट त्यहि हो चोटको घाउ त्यहि, हो गरिबी रुपी छुरीको
आलिसान महलमा अट्टहास गर्नेले,झुपडीको रोदन कसरि सुन्छन?
चौरासी ब्यन्जन्मा भोज गर्नेले,भोकाहरुको पेट कसरि छुन्छन ?
गरिबको गजलमा गरिबी हुन्छ
धनीले त्यहि गजल लेखे धमास भर्छ
धनि सपना देख्नलाई सुत्दछ
तर गरिब सपना देखेर सुत्दछ