Advertisement

Responsive Advertisement

गजल

धर्ती हेरेर आकाश किन रुन्छ होला
चोखो प्रेममा घात किन हुन्छ होला

संगै जिउने मर्ने सपनाहरु देखाउने
प्रियसीले फेरी अर्कै किन चुन्छ होला

गहिराईमा डुब्दै जादा समिप्यमा हराउदा
निस्ठुरिको यादमा सपना किन बुन्छ होला

खसालेर नयनबाट बलिद्र आसुको धाराहरु
हेर्दै तस्बिर रुदै किन छुन्छ होला

नसक्दा भुल्न बितेका ति दिनहहरु....
खसाल्दै आसु मुहार किन धुन्छ होला

एक टिप्पणी भेजें

0 टिप्पणियाँ