गजल

धर्ती हेरेर आकाश किन रुन्छ होला
चोखो प्रेममा घात किन हुन्छ होला

संगै जिउने मर्ने सपनाहरु देखाउने
प्रियसीले फेरी अर्कै किन चुन्छ होला

गहिराईमा डुब्दै जादा समिप्यमा हराउदा
निस्ठुरिको यादमा सपना किन बुन्छ होला

खसालेर नयनबाट बलिद्र आसुको धाराहरु
हेर्दै तस्बिर रुदै किन छुन्छ होला

नसक्दा भुल्न बितेका ति दिनहहरु....
खसाल्दै आसु मुहार किन धुन्छ होला