गजल उत्तम चन्द

साथमै हिडिएला तर पासमा आउन सकिदैन
एक नदिका किनार कदापी मिलाउन सकिदैन

दिनेले दिए पनि सबथोक अलग अन्दाज सित
सामिप्प्य मा दिनिया पर्दा उठाउन सकिदैन

उस्को पनि मजबुरी थियो मेरो पनि मजबुरि
रोज मिलेपनी तर घरमा बताउन सकिदैन

घाम उदाए जस्तइ जिबन आस्थाउने छ एकदिन्
कोरिएको रेखा त्यो कैले मेटाउन सकिदैन

मरुभुमीमा आशु झार्नु बेर्थै न’हो प्रयास
दु:ख पिडा चोट दिलको देखाउन सकिदैन