Advertisement

Responsive Advertisement

गजल उत्तम चन्द

साथमै हिडिएला तर पासमा आउन सकिदैन
एक नदिका किनार कदापी मिलाउन सकिदैन

दिनेले दिए पनि सबथोक अलग अन्दाज सित
सामिप्प्य मा दिनिया पर्दा उठाउन सकिदैन

उस्को पनि मजबुरी थियो मेरो पनि मजबुरि
रोज मिलेपनी तर घरमा बताउन सकिदैन

घाम उदाए जस्तइ जिबन आस्थाउने छ एकदिन्
कोरिएको रेखा त्यो कैले मेटाउन सकिदैन

मरुभुमीमा आशु झार्नु बेर्थै न’हो प्रयास
दु:ख पिडा चोट दिलको देखाउन सकिदैन
 
   उत्तम & उर्मिला

एक टिप्पणी भेजें

0 टिप्पणियाँ