Advertisement

Responsive Advertisement

uttamchand.thamuri

www.meropyarogaubagar.blogspot.com

गौरा पर्वको उद्घाटन कार्यक्रमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुरचन्दले बैतडीको भाषामा देउडा गीतका भाका लगाउँदै भाषण सुरु गर्दा राजधानीको टुँडिखेलमा जम्मा भएकाहरु निकै उत्साहित भएका थिए। कार्यक्रमका अधिकांसले डोटेली भाषामै गरेको भाषणले सुदूरपश्चिमका कुनै गाउँमा भइरहेको चाडपर्वको झल्को दिइरहेको थियो ।पूर्वगृहममन्त्री भीम रावलले अछामी भाषामा भाषण गर्दै संविधानसभाको चुनावका विषयमा समेत बोल्न भ्याएका थिए । “हामीलाई चुनाव चाहिन्छ चुनाव गर्नैपर्छ” आफ्नै भाषामा रावललेभने, “मोहन वैद्यलाई पनि म यहीबाटी भन्दो छु तमि जसरी पनि चुनावमा आओ ।”अछामी भाषामा वैद्यलाई चुनावमा सहभागि हुन आग्रह गर्दा कार्यक्रममा उपस्थितहरुले पनि रावलको भनाईमा सही थापेका थिए । कार्यक्रममै रावलले अखण्ड सुदूरपश्चिमको नारा समेत लगाउन भ्याए ।राजधानी बसिरहेका सुदूर र मध्यपश्चिम स्थायी घर भएकहरूले यस वर्ष पनि गौरा पर्व धुमधामका साथ मनाइरहेका छन् । ठाडी भाका, छलिया नृत्य र देउडामा युवायुवतीदेखि उमेरले ६० वर्ष कोटेकाहरु समेत नाचेका देखिन्थे । कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, लोकेन्द्ररबहादुर चन्द, पूर्वमन्त्री लेखराज भट्ट, चन्द्रदेव जोशी, खेमराज भट्ट ‘मायालु’ लगायतका नेता पनि सहभागी थिए ।कार्यक्रम सकेपछि सँगै हातमा हात मिलाएर केही क्षण देउडा नाचेका उनीहरुले हामी एक छौ भन्ने सन्देश दिन समेत खोजेका थिए । देउवा नाच्दै गरेका पूर्व प्रधानमन्त्री देउवाले राजधानीमा गौरा पर्व मनाउँदा सुदूर र मध्यपश्चिमबासीमा एकताको सन्देश जाने बताए ।प्राय गाउँ नपुग्ने नेताहरु गौरा पर्वमा आउँदा सुदूरपश्चिमै पुगेका अनुभव भएको बताइरहेका थिए । गायक यज्ञराज उपाध्याय लगायतले ठाडी भाकाको गीत गाउँदा दर्शकहरु पनिझुम्मीदै नाचेका थिए । प्रसंशा संरक्षण समूहका अध्यक्ष यज्ञराज उपाध्यायले विभिन्न उद्देश्य बोकर राजधानी आएका सुदूर र मध्यपश्चिमबासीको मिलन पर्वका रूपमा गौरा महत्वपूर्ण रहेको बताए ।“राजधानीमा बसेर पनि भेट हुन नसकेकाहरुलाई गौराले भेटघाट गराउँछ, साथीभाइमा दुःख–सुखका कुरा साटसाट हुन्छ” उनले भने, “सुदूरुपश्चिम जान नपाएपनि एकछिन घर गएकै अनुभव हुन्छ ।” २०५३ सालदेखि सुदूर र मध्यपश्चिमबासीले गौरा पर्व राजधानीमा मनाउँदै आएका छन् । विगत केही वर्षदेखि नेपालका अन्य शहरमा पनि मनाउने पर्व गौरामा अन्य समुदायका नागरिकको पनि सहभागिता हुने गरेको छ ।

uttam bahadur chand

एक टिप्पणी भेजें

0 टिप्पणियाँ