सोमवार, 23 मई 2022

National Mandela

National Mandela most story
नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए ! सबैले आ-आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतिक्षा गर्न थाले ! 

त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना ब्यक्ति पनि खानाको प्रतिक्षा गरि राखेका थिए ! मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती ब्यक्तिलाई पनि आफ्नो टेबलमा बोलाउन भने ! 

अर्डर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले ! ति ब्यक्तिले पनि खाना खान थाले ! तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो ! उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो ! खाना खाई सकेर ती ब्यक्ति शिर झुकाएर फ़टाफट होटलबाट निस्किए ! 

ति ब्यक्ति खाना खाएर गए पछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने- राष्ट्रपति महोदय, ती ब्यक्ति धेरै बिरामी देखिन्छन् ! खाना खाने समयमा उसको हात र शरीर लगातार काँमिरहेको थियो ! पसिना पनि आइरहेको थियो ! र उनी साह्रै आत्तिएका देखिन्थे ! 

मण्डेलाले भने- तपाईले सोचेको ति ब्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन ! बास्तबमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती ब्यक्ति त्यो जेलका जेलर थिए ! 

मेण्डेलाले अगाडि भने - जब उनले मलाई यातना दिन्थे म बेदना सहन नसकेर चिच्याई-चिच्याई पानी माग्थे तब ती ब्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे ! 

मण्डेलाले फ़ेरि अगाडि भने- अहिले म देशको राष्ट्रपति छु ! सायद उसलाई लाग्यो होला उसको साथ पनि मैले त्यस्तै ब्यबहार गर्नेछु ! तर, मेरो चरित्र त्यस्तो छैन ! मलाई लाग्छ कि बदलाको भाबनाले काम गर्दा बिकासतिर होइन बिनाशतिर गइन्छ ! धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै बिकासतर्फ बढ्न सक्छौं !

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website