गुरुवार, 5 नवंबर 2015

Nepali sayeri

UTTAM CHAND THAKURI
UTTAM CHAND THAKURI


तिमी भित्रै यो मनले डेरा, कसे पछि थाहा पांए
छुटाउन गाह्रो रैछ माँया, बसे पछि थाहा पांए ।
तिम्रै दिलको फूलबारीमा, खोजें माली बन्न
फूल्दा फूल्दै मझेरीमा, खसे पछि थाहा पांए ।
एक्लै थिएं जिन्दगीमा हात दियौ तिम्ले
नजिकिदै गयो दूरि साथ दियौ तिम्ले
मनको पर्दा उघारेर तिम्लाई हेर्दा खेरी
सितल सितल चांदनीको रात दियौ तिम्ले ।
थोपा थोपा संगाल्यौ तिमीले
बिना साथै अंगाल्यौ तिमीले
ओस्सिरहेको यो आत्मलाइ
आगो बिना नै पगाल्यौ तिमीले
सधैं आँशुमा डुब्थें हाँस्न सिकायौ तिमीले
मरे तुल्य थिएं बाँच्न सिकायौ तिमीले
रंगमंच के हो थाहै थिएन मलाई
आफ्नै दिलमा नाँच्न सिकायौ तिमीले
माँगेकीछु तिमीलाई तिम्रो जवानी होइन
हृदय देखिनै माया गर्नु मेरो बेइमानी होइन
तिम्रै कल्पनामा डुब्छन मेरा पलहरू अचेल
तिमी पनि छौ बराबरी मेरो मात्र कहानी होइन ।
थाहा छैन किन कमजोर हुदैछ यो मन
नरुने पनि मायाँ मा रोइदों रहेछ झन
रमाउदैं थें खुसीमा फेरी आँशु मिल्दा
अस्ताउदै को घाम जस्तै डुब्छ कि जीवन ।
घाइते थिंए मुटुलाई सिउन बाध्य भएं
टाढा हुँदा आफन्तनै जीउन बाध्य भंए
जिंदगीका चोटहरु बल्झिदिंदा आज भोली
नचाहेरै अतीत सम्झी पीउन बध्य भंए ।
वर्षासरी झर्ने आँसु आँखामा नै थुन्छु अचेल
एक्लै हुँदा जिन्दगीमा अतीत सम्झी रून्छु अचेल
बिर्सु भन्छु बल्झिदिन्छ सम्झनाका छालहरू,
सपनीमा संधैजसो तिम्रै काखमा हुन्छु अचेल ।
सबै ले सोच्छन आप्नै हितमा
म खुसी हुन्छु उनकै जीतमा
टुक्राइए आज म उनै बाट
घायल बने झुठो त्यो प्रितमा
विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको
पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website