आइ पुग्यो नरहरी त्य्रार का कवा का
परानी ताजै छ भनी मेरो खबर लैजा
सेल पकाये लौन पकाये पकाइ हाले पुरी
मुइ बिना नरहरी त्यार जन माने अधुरी
खाडी भनु शहर होइन बालुवा को धुलो
सब का चेला पर्देश मन बनाये ठुलो
...
नरहरी को कालो कवा औशी कि पितर
मेरो हुनु खाए बैना इजु का भितर
गयो इजु पापी पुष लाग्यो धर्मी माघ
पर्देशी हुँ पर्देशै छु पर्देश मेरा भाग
जसो लाग्यो पुष त्यार उसी कुचे कि मेला
पर्देशी कि रुलु टुलु इजु काज बार कि बेला